सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बिघटनको घटनामा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै दोषी नरहेको तथ्य खोल्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बिशेष समय लिएर बोल्दै बिभाजनअघि तात्कालिन नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले प्रतिनिधिसभा बिघटनमा ओली मात्र नभई पुष्पकमल दाहाल, प्रचण्डसहितका नेताहरु पनि दोषी रहेको तथ्य खोल्नुभएको हो ।
श्रेष्ठले भन्नुभयो , ‘यो मुलुकको यो बेहाल र दुराअवस्थाका निम्ति त्यो प्रवृत्तिका बाहक केपी ओली मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’ श्रेष्ठले विगतमा गरिएका कमजोरीलाई सच्याउन आवश्यक रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो , ‘हामीले विगतमा गरेका कमीकमजोरीलाई निर्मम ढंगले समीक्षा गरी सच्याउनु जरुरी छ ।’ प्रचण्ड र माधव नेपालकै कारण तात्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गर्न बाध्य हुनुपरेको तथ्य उतिबलै खोल्नुभएको थियो ।
श्रेष्ठले आज सो तथ्यलाई संसदको बैठकमै राखिदिनु भएको हो । माओवादी अध्यक्ष पचण्डले आफैबिरुद्ध प्रधानमन्त्री उचालेर षडयन्त्र गरेपछि प्रवक्ता श्रेष्ठले आठ महिनापछि सत्य कुरा बाहिर ल्याइदिनुभएको उहाँ निकट स्रोतले जनताटाइम्सलाई बतायो । स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेर श्रेष्ठलाई उपप्रधानमन्त्री बन्नबाट रोक्ने खेल खेल्नुभएको छ । प्रचण्डकै बिशेष अनुरोधमा देउवाले श्रेष्ठलाई सरकारमा समावेश नगराउने निर्णय सुनाउनु भएको छ ।
उहाँले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कसैलाई पनि सरकारमा सहभागी नगराउने भन्दै श्रेष्ठमाथि षडयन्त्र गर्नुभएको हो । देउवाको यो निर्णयसँगै बामदेव गौतम पनि रोकिनु पर्ने भएको छ । एमालेको माधव नेपाल समूहबाट पनि बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने तयारी हुनुहुन्थयो। उहा पनि रोकिने निश्चित भइसकेको छ ।