बैदेशिक रोजगारीबाट फर्केपछि नर्सरी व्यवसाय

मलेसियामा वैदेशिक रोजगारीका लागि गएका सिन्धुलीका एक युवाले ४ वर्षको बसाईपछि स्वदेश फर्केर जिल्लाकै नमुना नर्सरी व्यवसाय सुरु गरेकाछन् ।
कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी २८ वर्षीय टलकवहादुर बुढाथोकीले सिन्धुलीको धुराबजारमा १८ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सञ्चालन गरेको नर्सरी अहिले जिल्लाकै ठूलो नर्सरी व्यवसायका रुपमा देखिएको छ ।
कामको शिलशिलामा राजधानी काठमाडौं छिरेका बुढाथोकीले ८ वर्षसम्म नसरीमा निरन्तर काम गरे । बढ्दो महंगीले खर्च धान्न नसकेपछि उनी बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगे । बहुराष्ट्रिय कम्पनीमा काम गर्न पुगेका उनले बाँकी समय मलेसियाकै नर्सरीमा काम गरेर विताए । ४ वर्षको मलेसिया बसाइबाट फर्केपछि उनले पहिला काम गरेको काठमाडौकै नर्सरीमा २ वर्षसम्म फेरी काम गरेको उनले बताए ।
मलेसियामै रहेका बेला आफ्नै मातृ भूमिमा फर्केर नर्सरी व्यवसाय सञ्चाल गर्ने र सिन्धुली जिल्लाका लागि चाहिने आवश्यक सम्पूर्ण विरुवाहरु उपलव्ध गराउने धोको रहेको थियो, त्यही भएर पहिला काम गरेकै नर्सरीमा आएर कामहरु सिकें, उनले सन्देश जनप्रियसँग भने ।
त्यहाँको २ वर्षको थप सिकाईपछि चटक्क छोडेर आफ्नै जिल्लामा गएर नसरी सञ्चालन गर्ने योजना आफ्ना २ भाईहरुलाई सुनाएको र भाइहरुले पनि साथ दिएपछि जग्गा भाडामा लिएर नर्सरीको काम थालेको बुढाथोकीले बताए । १० वषं लामो नर्सरी व्यवसायमा संलग्न रहेका उनले कमलामाई नर्सरी नाममा फर्म दर्ता गरेर डेढ सय भन्दा बढी जातका विरुवाहरु संकलन गरिसकेका छन् ।

No description available.

नर्सरीमा अहिले ढकमक्क सयपत्री मात्रै होइन, टमाटर पनि लटरम्म फलेका छन् भने फलफुल तथा सजावटका इन्डोर र आउटडोर प्लान्टहरु देखिन्छन् । नर्सरीमा लिची, आँप, जुनार, सुन्तला, अनार मात्रै होइन, चाइनिज दुबो पनि छ र आवश्यकताका आधारमा गार्डेनिङको कामहरु पनि हामीले गर्नसक्छौं, कागतीमा ग्राफ्टिङ गरिरहेका उनले कुराकानीका क्रममा भने । कमलामाई नगरपालिका मात्रै होइन, जिल्लाकै लागि आवश्यक पर्ने सम्पूर्ण जातका गुणस्तरीय बिरुवाहरु हामी उपलव्ध गराउन सक्छौं उनले कुराकानीका क्रममा बताए ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले जिल्लाकै नमुना नसरी सञ्चालन गरेको छन् र नर्सरीको व्यवस्थापन हेर्दा पूर्ण रुपमा व्यवसायि बन्न सफल हुने बताउनुभयो । कमलामाई नगरपालिका क्षेत्रभित्रै यति ठूलो क्षेत्रफलमा कसैले पनि नर्सरी व्यवसाय सञ्चालन गरेका थिएनन्, म उनीहरुको कामबाट प्रभावित भएँ, उहाँले नर्सरीको अबलोकनपछि भन्नुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।