पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२६३६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जना कोरोना संक्रमणमुक्त भएका छन् ।