सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक पठनपाठनको लागी सिन्धुली अस्पताल पठाउने दुई पक्ष विच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रध्यापक डाक्टर विश्वराज जोशि , शिक्षाध्यक्ष प्रा.डा. सतिस कुमार देव सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेल र मेडिकल सुपरिटेण्डेड डाक्टर उमेश प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
यो सम्झौता पश्चात सिन्धुली अस्पतालमा एमडिजिपि कक्षा संचालन हुने उपकुलपति जोशिले बताए । यसले जिल्लाको स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्न सहयोग गर्ने जोशिले बताए । प्रतिष्ठानले वागमति प्रदेशको तीन वटा अस्पतालसँग सहकार्य गर्ने र त्यस मध्ये एक सिन्धुली अस्पताल भएको उनले बताए ।
हस्ताक्षर कार्यक्रममा नेकपा एमाले सिन्धुलीका अध्यक्ष तथा वागमति प्रदेश सभा सदस्य प्रदिप कट्वाल, एमाले नेता तथा वागमति प्रदेश सभा सदस्य विनोद खड्का, नेपाली काग्रेस सिन्धुलीका सभापति उज्वल प्रसाद बराल, सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौला, सिन्धुली अस्पतालका चिकित्सकहरु लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै एमाले सिन्धुलीका अध्यक्ष तथा प्रदेशसभा सदस्य कट्वालले छाप्रो र अहेवबाट सेवा लिदै सामान्य अवस्थामा समेत जिल्ला बहिर जानु पर्ने बाध्यता हट्ेको बताए । त्यो अवस्थाबाट अहिले विशेषज्ञ चिकित्सकहरुलाई पढाउने क्षमतामा सिन्धुली अस्पताल आईपुग्नु भनेको जिल्लाबासीको लागी खुसीको कुरा भएको बताए । उनले जिल्लाको स्वास्थ्यको क्षेत्रमा आफुले सधै हात्तेमालो गर्ने उनले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै वागमति प्रदेशसभा सदस्य खड्काले आफुले पनि सिन्धुली अस्पतालको व्यवस्थापकिय जिम्मेवारी सम्हालेको बताउदै , यसको लागी अझै हात्तेमालोको आवश्यत्ता रहेको बताए । उनले सबैको साथ र सहयोग हुने हो भने जिल्लाको स्वास्थ्य क्षेत्रलाई निकै अगाडी बढाउन सकिने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सभापति बरालले जिल्लामा विशेषज्ञ चिकित्सकहरुलाई पठाउने अवस्था सम्म आईपुग्नु भनेको र यसमा विश्वास गर्नुले जिल्लाको स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै खुसी व्यक्त गरे । उनले सिन्धुली अस्पतालको विकासको लागी आफुहरुले सक्दो सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले सिन्धुली अस्पतालले दक्ष जनशक्ति पाएको भएपनि उपकरणको अभावमा विरामीहरुलाई बाहिर पठाउनु पर्ने बाध्यता रहेको उनले बताए ।
सामान्य पत्थरी गर्ने देखि सिटिस्क्यान मेसिन नहुदाँ विरामीहरुलाई बाहिर पठाउनु पर्ने बाध्यता रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर सुधाम्सु झाले आफुले सिन्धुली जिल्लामा आएर काम गरेको करिव सात बर्ष भएको बताउदै अस्पताल अहिलेको अवस्थामा आईपुग्दा निकै खुसी लागेको बताए । उनले सिन्धुली अस्पताल, सिन्धुलीका नागरिक र कार्यरत चिकित्सवकहरुका लागि खुशीको विषय भएको बताए ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच भएको आजको सम्झौताले आफुलाई निकै हर्षित र खुसी भएको बताए । यो सम्झौता जिल्लाको स्वास्थ्य क्षेत्रको लागी कोशेढुङ्गा सावित भएको उनले बताए । कुनै पनि चिकित्सकको लागी विरामी जाँच नु मात्र नभई आफुमा भएको ज्ञान हरुलाई सिकाउन नपाए त्यो ज्ञानको कुनै अर्थ नहुने उनले बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रधानले आजको सम्झौताले सिन्धुली अस्पतालाई थप जिम्मेवार बनाएको बताए । यसले आफुहरुमा काम गर्ने हौषल्ला समेत प्रदान गरेको प्रधानले बताए ।