मरिण गाउँपालिकाले सिन्धुली सदरमुका स्थित कोभिड अस्पतालका लागि भ्याक्सिन लगायतका औषधीहरु भण्डारणका लागि एक थान रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ ।
आइतवार मध्यान्ह कमलामाई नगरपालिका वडा नंं ६ स्थित कोभिड अस्तलातमा गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई सो रफ्रिजेरेटर हस्तान्तरण गर्नुभएको हो । रफ्रिजेरेटर हस्तान्तरणपछि संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष बम्जनले आफुहरु कोरोना रोकथाम र नियन्त्रणको पक्षमा रहेको र गंभीर प्रकृतिका विरामीहरुलाई उपचारमा सहजता होस् भन्ने उदेश्यले रफ्रिजेरेटर उपलव्ध गराएको बताउनुभयो । अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले मरिण गाउँपालिकाबाट सिन्धुली अस्पतालले निरन्तर सहयोग प्राप्त गरिरहेको र आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।










