सिन्धुलीको कोभिड अस्पताललाई २३ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण


अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई २३ लाख ९२ हजार ७ सय रुपैयाँ बराबरको २० थान अक्सिजन शिलिण्डर, ८ थान अक्सिजन कन्सनट्रेट, ३४ थान पल्स अक्सिमिटर, ४ सय ५० थान पिपिइइ सेट, २ सय १० थान सेनिटाइजर, ५ सय १५ बक्स सर्जिकल मास्क, १ सय बक्स सर्जिकल ग्लोक्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो
स्वास्थ्य सामाग्री जिम्मा लिंदै अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले सिन्धुली जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको र यसले स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, डाक्टर र स्वास्थ्यकर्मीको मनोवल उच्च भइरहेको बताउनुभयो । कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, युवा व्यवसायी नरेश देवकोटा, माओवादी केन्द्रका नेता यमकुमार देवकोटा, सुदीप केसीलगायतको उपस्थिति रहेको थियो ।

No description available.