डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–७ पोखरा नजिकै जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्। आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ज १११५५ नम्बरको जीप दुर्घटना...
जिल्लाको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, सो गाउँपालिकाको वडा नं. ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय...
पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन...
कर्णाली प्रदेशका प्रमुख विपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले निरन्तर अडान लिँदा कर्णाली प्रदेशसभामा कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको धेरै दिन भएको छैन। यसो त शाहीसहित ६ जना कांग्रेसका सांसदले संसद अवरुद्ध गरेपछि कर्णाली...
बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै...
हुम्लामा एक महिलामाथि खुकुरी प्रहार हुँदा घाइते भएकी छन्। सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ को साँया गाउँका छिमेकीबीच खानेपानी योजनाको निर्माणलाई लिएर विवाद हुँदा ४५ वर्षकी महिला हजारी साउँदमाथि खुकुरी प्रहार हो। खुकुरी प्रहारबाट आमा गम्भीर घाइते भएको पीडितका छोरा...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई...
बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५१ जना स्वास्थ्यकर्मीसहित ६३ जना क्वारेन्टिनमा बसेका छन्। प्रतिष्ठानमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा बसेका हुन्। कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमितको स्वास्थ्य...
डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको भन्दै उनीहरुलाई रोक्न स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्। आदर्श–७ नवाघरकी मानबहादुर...
- Advertisement -

भरखरै प्राप्त