सांसदलाई कोरोना देखिएपछि कर्णाली प्रदेशसभामा खैलाबैला

दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सयको मृत्यु

कर्णाली प्रदेशका प्रमुख विपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले निरन्तर अडान लिँदा कर्णाली प्रदेशसभामा कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको धेरै दिन भएको छैन।

यसो त शाहीसहित ६ जना कांग्रेसका सांसदले संसद अवरुद्ध गरेपछि कर्णाली प्रदेश सरकार बजेट प्रस्तुतिको शैलीसमेत सच्याउन बाध्य बन्यो।

प्रदेशसभा बैठकमा प्रायःजसो महत्वपूर्ण विषयमा सभामुखसँग समेत एक्लै निरन्तर सवाल-जवाफ गर्न माहिर तिनै प्रदेशसभा सदस्य शाहीलाई कोरोना पुष्टि भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएको छ।

एक किसिमले भन्ने हो भने सांसदहरुमा कोरोनाका कारण फेरि भय उत्पन्न भएको छ।

कर्णालीको दुःखसँग नजिक भएर आवाज उठाइरहेका हुम्ला–२ बाट निर्वाचित कांग्रेस प्रदेशसभा सदस्य शाहीलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री, शाहीका परिवारिक सदस्य, आफन्तसँगै प्रदेशसभामा प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब परीक्षण सुरु गरिएको छ।