राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५१ जना स्वास्थ्यकर्मीसहित ६३ जना क्वारेन्टिनमा बसेका छन्।
प्रतिष्ठानमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा बसेका हुन्। कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमितको स्वास्थ्य सामान्य रहेको छ।
यस्तै प्रतिष्ठानमा बन्द भएको स्वास्थ्यपचार सेवा सोमबारबाट सुरु गरिने भएको छ। ओपेडी सेवासहित ९ प्रकारका सेवा साेमबारदेखि सुचारु गरिने प्रष्ठिानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।
आकस्मिक सेवा, मेडिसिन ओपीडी, छाला तथा यौन रोग ओपीडी, रेडियोलोजी, डेन्टल ओपेडी, फिजियो थेरापी, बाल रोग, माइनरओटी सेवा सञ्चालन हुनेछ।











