युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ । यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी परियोजना बहुमतले पारित भएको हो। सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे। आइतबारको प्रतिनिधि सभाको दोस्रो...
पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।...
व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने तयारी सत्तारुढ गठबन्धनले गरे पनि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफू एमसिसीको पक्षमा हुन नसक्ने भन्दै संसद बैठकबाट बाहिरिएका छन्। उनी ‘म एमसिसीमा भोट हाल्दिनँ’ भन्दै संसद बैठकबाट बाहिरिएका हुन्। उनले एमसिसीका केही प्रावधान...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसीमा नेपाली जनता विभाजित भइरहेका अवस्थामा राष्ट्रिय सहमति कायम गर्ने गरी नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि बताए।...
प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नारावाजीको बीच सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफल अघि बढाउनु भएको हो । छलफल अघि बढेपनि एमालेले नारावाजी कायम राखेको छ भने सभामुखले सांसदहरुलाई आफ्नो धारणा राख्न...
व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद...
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभिमान माथि नउठाउने बताए। ‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने...
कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा वर्तमान सभापति उज्वल बराल, महासमिति सदस्य प्रेमचन्द्र दाहाल, पूर्वसचिव उपेन्द्र पोखरेल, महासमिति सदस्य विश्वनाथ कोइराला र उपसभापति खड्गबहादुर वाइवाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। पार्टी समर्थित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा नेता नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डो प्यासेफिक रणनीतिको...
- Advertisement -

भरखरै प्राप्त