व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरुसँगै राप्रपा र नागरिक समाजका अगुवा लगायतले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।










