एमसिसीमा भोट हाल्दिनँ भन्दै संसद परिसरबाट बाहिरिए खनाल

व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने तयारी सत्तारुढ गठबन्धनले गरे पनि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफू एमसिसीको पक्षमा हुन नसक्ने भन्दै संसद बैठकबाट बाहिरिएका छन्।

उनी ‘म एमसिसीमा भोट हाल्दिनँ’ भन्दै संसद बैठकबाट बाहिरिएका हुन्।

उनले एमसिसीका केही प्रावधान राष्ट्रहित विपरीत रहेको उल्लेख गर्दै यथास्थितिमा स्वीकार गर्न नसकिने बताउँदै आएका थिए।