प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नारावाजीको बीच सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफल अघि बढाउनु भएको हो ।
छलफल अघि बढेपनि एमालेले नारावाजी कायम राखेको छ भने सभामुखले सांसदहरुलाई आफ्नो धारणा राख्न लगाइरहनु भएको छ ।
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार छाडनु भन्दा जस्तोसुकै राष्ट्रघात पनि गर्न तयार हुने निर्णय गरेपछि एमसीसी अघि बढाउनु भन्दा संसदमै मर्न तयार रहेको घोषणा गर्नुभएका सभामुख सापकोटाले जवर्जस्ती छलफल अघि बढाउनु भएको हो ।