अन्तर्राष्ट्रिय

दशक यताकै सबैभन्दा विभाजित राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन् । पूर्व क्षेत्रका केही राज्यमा मतदान केन्द्रहरु बन्द हुन थालेका छन् । यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् । मंगलबार नेपाली समय अनुसार मंगलबार राति...
श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने बताएका छन्। उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति गोटावायले भनेका छन्, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने...
इंग्ल्याण्डमा फेरि लकडाउन लागु हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरले विकराल रुप लिँदै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् । स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिनका लागि इंग्ल्याण्डमा पुनः...
टर्की र ग्रिसमा शुक्रवार साँझ भूकम्पको ठूलो झड्काको महसुस भयो । भूकम्प सात रेक्टर गएको छ । टर्कीमा धेरै क्षति भएको खबर छ । यहाँ चार जनाको मृत्यु र एक सय २० जना घाइते भएको प्रारम्भिक समाचारमा जनाइएको छ...
फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्‌‌मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्। तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्‌मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन्? सोमवार पाकिस्तानका विपक्षी नेता खवाजा असिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका...
फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो...
भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ। २४३ सिट रहेकाे बिहार विधानसभामा पहिलो चरणको मतदान सुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान सुरु भएको हो। ७१ सिटका लागि जम्मा...
राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ। एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन्। कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ । अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
पूर्वी लद्दाखको डेमचेक सेक्टरमा भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ। वास्तविक नियन्त्रण रेखा पार गरेर भारतर्फ आइरहेका बेला उनलाई नियन्त्रणलाई लिइएको भारतले दाबी गरेको छ। भारतीय सेनाका अनुसार उनलाई सबै किसिमका मेडिकल सुविधा, अक्सिजन, खाना तथा न्यानो लुगाहरु दिइएको छ...
- Advertisement -

भरखरै प्राप्त