नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएको भन्दै डिस्चार्ज गरिएका रौतहटका एक युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै एम्बुलेन्समार्फत अस्पताल लगेर भर्ना गरेको हो ।
इशनाथ नगरपालिकाका प्रशासकिय...
कोरोना भाइरसको संक्रमण पत्ता लगाउन नेपालमा अहिलेसम्म प्रयोगशालामा १३ हजार ९८ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट भने ४८ हजार ५ सय २९ जनाको परीक्षण भएको...
नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए...
नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्।
रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६०...
डोटी: जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५...
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार रोजगारीका लागि कुवेत पुगेका ५१ जना नेपाली संक्रमित भएका छन् ।
कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको...
बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।उनीहरुको...
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् ।
प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी...
कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना प्रवासी नेपालीले आफूहरूले अर्को जीवन पाएको अनुभव सुनाएका छन्।
यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूलीले चाहीँ आफूले तेश्रो जीवन पाएको भन्दै बीबीसीसँगको कुराकानीमा सन्तोष व्यक्त गरे।
पश्चिम नेपालको अछाम जिल्लाको...
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आयो ।
रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण...








