हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएकाे निर्वाचन आयोगले जनाएको छ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत...
एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गर्नुभएको छ ।
मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर...
सिन्धुली/फिक्कल गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।आज आयोजित एक कार्यक्रमका बीच प्रभु तथा सिद्धार्थ बैंकका अधिकारी र गाउँपालिका अध्यक्ष...
फिक्कल गाउँपालिकाले पालिकाका सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । विहिबार गाउँपालिकाले ६ वटै वडामा सार्वजनिक सुनुवाई गर्दै जनताको गुनासोहरुलाई सम्बोधन गर्ने तयारी गरेको हो । सिन्धुलीमा जनताको गुनासो सुन्ने उदेश्यले सार्वजनिक सुनुवाई गर्ने फिक्कल गाउँपालिका पहिलो मानिएको...
प्रतिनिधिसभा १६५ सदस्यमध्ये हालसम्म ११५ स्थानको परिणाम सार्वजनिक भएको छ।
जसमा नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २८ स्थानमा जित हात पारेको छ। यस्तै माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १०...
नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलाई सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फोन मार्फत बधाई दिनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमा पनि श्रेष्ठ विजयी भएलगत्तै बधाई सन्देश पोष्ट गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।
गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४...
पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २०...
झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।
नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी बनेका हुन् । शर्माले ३९ हजार...












