नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलाई सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फोन मार्फत बधाई दिनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमा पनि श्रेष्ठ विजयी भएलगत्तै बधाई सन्देश पोष्ट गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ बाट निर्वार्चित हुनुभएका माओवादीकेन्द्र पोलिटव्यूरो सदस्य राजन दाहाललाई उपमहासचिव गिरिराजमणी पोखरेलले बधाई दिनुभएको छ । पोखरेलले आफ्नो फेसबुक पेजमा दाहालको फोटो पोष्टगर्दै बधाई दिनुभएको हो । गंगानारायणलाई बधाई दिनुभएको भट्टराईले उनलाई विजयी गराउन ठूलो भूमिका निर्वाह गर्नुभएका यसै क्षेत्रका प्रतिनिधीसभा सदस्य उमेदवार एवम् पोलिटव्यूरो सदस्य दाहाललाई भने शुभकामनासमेत भन्न सक्नुभएन ।
आफ्नी छोरी मानुषीको राजधानीबाट पराजयपछि निराश हुनुभएका अध्यक्ष भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डकै सहयोगमा गंगानारायणलाई सिन्धुलीको प्रदेशसभामा उमेदवार बनाउनु भएको थियो । समाचार स्रोतका अनुसार बागमती प्रदेशमा बन्ने नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ मुख्य मन्त्री बन्ने करिव करिव पक्का भएपछि भट्टराईले श्रेष्ठलाई प्रचण्डको सहयोगमा काँग्रेससँग बार्गेनिङ गरेर आधा आधा मुख्य मन्त्री बनाउनका लागि प्रयत्न गर्नुहुने छ । तर अहिलेको निर्वाचन परिणामलाई हेर्दा प्रदेशमा सबैभन्दा बढी नेपाली कांग्रेस र एमालेका उमेदवारहरुले विजय गरेपछि श्रेष्ठलाई आधा पदावधी मुख्यमन्त्री दिन नेपाली कांगेस र स्यमं इन्द्र बानियाँ पनि तयार हुनुहुने छैन । किनकी अघिल्ले गठबन्धन सरकार बन्दा पनि शेरवहादुर देउवा, प्रचण्ड र माधव नेपालका बीचमा वामगती प्रदेशमा आधा आधा मुख्यमन्त्री भनिएपनि नेकपा एसका नेताले वानियाँलाई सर्त अनुसारको पद छोडेका थिएनन् ।
मुख्यमन्त्री कार्ड !
माओवादी र नेपाली कांग्रेसको बैशाखी टेकेर आफ्नो प्राण जोगाएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि आफुलाई सो पार्टीको अध्यक्षका रुपमा प्रस्तुत गर्नुहुने छ । तर माओवादीका दोस्रो दर्जाका नेताहरु भट्टराईलाई एमाओवादीको अध्यक्ष भएको देख्न चाहँदैनन् र स्वीकादैनन् पनि । यस्तो अबस्थामा बाबुरामले आफुलाई राष्टपतिका रुपमा उभ्याउनेछन् । यदी त्यसो हुन सकेनभने गंगानारायण श्रेष्ठलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाइनुपर्ने अडान माओवादी अध्यक्ष प्रचण्डसँग राख्नेछन् । यी सर्तहरु मध्ये कुनै एक प्रचण्डले स्वीकार गरेमा दुई दल बीच पार्टी एकता पनि हुनेछ । समाचार स्रोत अगाडि भन्छ: यदी उल्लेखित कुनै पनि सर्तहरु पुरा हुने नदेखिएमा माओवादीको बैशाखी टेकेर प्राण जोगाएका बाबुरामले भर्खरै निर्वाचनबाट उदाएका दलहरुका बीचमा एकता गराएर नयाँ सत्ता समिकरणको तुरुप फाल्नेछन् ।
किनकी माओवादी पार्टी कम्युनिष्ट होइन, माओवादीको औचित्य समाप्त भयो भनेर नयाँ शक्ति पार्टी निर्माण गरेका बाबुरामले आफ्नी छोरी मानुषीलाई सत्ता राजनीतिमा अगाडि ल्याउने प्रयास बिफल भएपछि रवि लामिछानेको रास्वपा र साना दल र अन्य स्वतन्त्र विजयी भएकाहरुलाई एकै ठाउँमा पुर्याएर सत्ता प्राप्तीका लागि बार्गेनिङको प्रयास गर्नेछन् ।
सिन्धुलीमा सहज छैन गंगानारायणलाई
बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएलगत्तै पार्टी अध्यक्ष बाबुराम भट्टराईले ट्वीटगर्दै नेसपा उपाध्यक्ष गंगानारायण श्रेष्ठलाई बधाई दिए । उक्त बधाई सन्देश पोष्ट भएको केही समयपछि आफ्नो पार्टीको उमेदवार बनेर जिताएका माओवादी कार्यकर्ताहरुले त्यसको कडा आलोचना गरे । ‘उमेदवार बनेर आउँदा माओवादी भएँ, भन्ने भोट माग्ने जित्ने अनि माओवादी होइन समाजवादी भन्ने !’ सिन्धुलीका माओवादी कार्यकर्ताहरुले यसरी आक्रोस पोखेका थिए । सिन्धुलीको माओवादीलाई सिध्याउन र गुटगत राजनीतिलाई अँगाल्दै अन्तत पार्टी विभाजनसम्म पुगेका श्रेष्ठलाई सिन्धुलीका माओवादी नेता कार्यकर्ताले माओवादी नेता बनेर फेरि सिन्धुली आए पार्टीनैं तहसनहस बनाउने भन्दै त्रसित बनिरहेकाछन् ।
विगतमा माओवादी संगठन ध्वस्त बनाएर हिंडेका गंगानारयणले फेरी सिन्धुलीमा आएर पार्टी उपमहासचिव हरिवोल गजुरेलसँग मिलेर आफुमाथि दबाब सिर्जना गर्छन् भन्ने मनोवैज्ञानिक त्रास सिन्धुली माओवादीको संस्थापन पक्षलाई छ । त्यसैले पनि सिन्धुलीको पार्टी संस्थापन पक्ष गंगानारायण आफुहरुमाथि हाबी भएको देख्न चाहाँदैन । निर्वाचनमा विजय गराउनु एउटा कुरा हो तर उनको विगत र चरित्रलाई हेर्दा उनको चलचलनमा फेरबदल आउँछ भन्ने अबस्था छैन, एमाओवादीका एक जिल्ला नेताको टिप्पणी थियो ।
-यो समाचार सन्देश जनप्रियले प्रकाशन गरेको छ ।