पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा...
एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहयोगका लागि आग्रह गरेकाे छ। बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। जवाफमा कांग्रेसले प्रतिपक्षी दल भएको र...
सिन्धुलीको दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाले बन्दाबन्दि गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) को नयाँ भेरिएण्टको सङ्क्रमण फैलन नदिन बन्दाबन्दि गरेका हुन् । दुधौली नगरपालिकाले बैशाख २९ गते सम्म लकडाउन घोषणा गरेको छ । कोरोनाका बिरामीहरू बढ्दै गएपछि...
सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। काठमाडौँ जिल्ला प्रशासनको सूचनाअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ। अत्यावश्यक सेवाहरुबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको पनि सूचनामा उल्लेख...
काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्न सिफारिस गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे। भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केहीदिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने...
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् । कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने प्रष्ट पारेका छन्। बालुवाटारमा आइतबार बिहान बसेको नेकपा एमालेको बैठकपछि सञ्चारकर्मीहरुमाँझ मन्त्री ज्ञवालीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारे। उनले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको प्रभावकारी योजना बनाएर मन्त्रीपरिषदमा प्रस्ताव ल्याउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले कार्ययोजना बनाएर...
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको...
- Advertisement -

भरखरै प्राप्त