सिन्धुलीका तीन स्थानीय तहमा लक डाउन

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

सिन्धुलीको दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाले बन्दाबन्दि गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) को नयाँ भेरिएण्टको सङ्क्रमण फैलन नदिन बन्दाबन्दि गरेका हुन् ।

दुधौली नगरपालिकाले बैशाख २९ गते सम्म लकडाउन घोषणा गरेको छ । कोरोनाका बिरामीहरू बढ्दै गएपछि सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको हो ।

May be an image of one or more people and people sitting
लकडाउनको निर्णयगर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दाहाल


आइतबार राती १२ बजेदेखि लागु हुने गरि बैशाख २९ गते राती सम्मका लागि लकडाउन घोषणा गरेको मेयर घनश्याम राउतले जानकारी दिनुभयो । नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने जनाएको छ ।

यस अवधिभर नगर बजार, होटेल, सैलुन, स्थानीय सार्वजनिक यातायातका साधनहरू, सरकारी कार्यालय, गैरसरकारी संघसंस्था लगायतका सेवाहरू बन्द रहनेछन् ।

यस्तै गोलञ्जोर गाउँपालिकाले एक हप्ताका लागि लकडाउन घोषणा पनि आइतबारदेखि एक हप्ताकालागि लकडाउन गरिएको छ । जिल्लामा कोरोना संक्रमितहरु बढ्दै गएपछि गाउँपालिकाले लकडाउन घोषणा गरेको हो ।

आइतबार बेलुका देखी जारी गरेको लकडाउन बैशाख २६ गते सम्म रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसैबिच सुनकोसी गाउँपालिकाले पनि सोमबार राती १२ बजे देखी बैशाख ३० गते सम्म बन्दाबन्दी गर्ने निर्णय गरेको छ । सोमबार एक सूचना जारी गर्दै बिपी राजमार्ग बाहेक सुनकोसी गाउँपालिकामा बन्दा बन्दी गरेको छ ।

यस अवधिमा खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ७ बजे देखी १२ बजे सम्म र दिउँसो ४ बजे देखी ६ बजे सम्म मात्र सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष दिपा बोहराले प्रदेशखबरलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मुलकोटमा एकै दिन १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाले अत्यावसेक सेवा प्रवाह गर्ने निकाय बाहेक होटेल, रेस्टुरेन्ट, लज, सहकारी, उद्योग–कलकारखाना तथा निजी संस्था एवं विद्यालय लगायत सङ्घसंस्थाहरू बन्द रहने उहाँको भनाई रहेको छ ।