बिहीबार बिहानदेखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा, सवारी साधन बन्द (सूचनासहित)

सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।

काठमाडौँ जिल्ला प्रशासनको सूचनाअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ।

अत्यावश्यक सेवाहरुबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको पनि सूचनामा उल्लेख छ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको बैठकले यो निर्णय गरेको हो। यसअघि सोमबार बिहान उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेको थियो।