दुई सय आठ पत्रकारले लगाए भेरोसेल खोप

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्। 

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताए।

यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए। बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ।