नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गरेका छन्।
उनले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार भएको कार्यदलको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘बाहिर हल्ला फैलाएजस्तो चुप लागेर बसेका छैनौँ। हामी सहमतिमा पुगिसकेका छौँ। भोलि बिहान आठ बजे सुखद् समाचार आउने छ।’
यस्तै उनले माधव कुमार नेपाल र प्रचण्डबीच भएको भेटवार्ताले एमालेको एकतामा कुनै प्रभाव नपर्ने बताएका छन्। उनले भने, ‘माधव कमरेड बिरामी हुनुहुन्छ। त्यसैले प्रचण्ड उहाँलाई भेट्न जानुभएको हो। त्यसको असर यहाँ पर्दैन।’











