नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरी धम्की दिएपछि आज सार्वजनिक गर्ने भनिएको सहमतिको मस्यौदा रोकिएको हो ।
बैठककै बीचमा माधव भेटन निवासमा पुग्नुभएका सो समुहका कार्यदल सदस्यहरुले फर्केर आएपछि सहमतिको मस्यौदा रोकिएको हो । स्रोतका अनुसार नेता नेपालले आफू पक्षीय कार्यदलका सदस्यहरुलाई सर्वाेच्च अदालतले फैसला नगर्दासम्म सहमति नगर्न निर्देशन दिनुभएको र प्रचण्डको चाहना पनि त्यही रहेकोले समय लम्ब्याउन र सहमतिको मस्यौदा बाहिर नल्याउन निर्देशन दिएपछि आज सहमतिको मस्यौदा सार्वजनिक गर्ने योजना तुहिएको हो । माधव भेटेर फर्किएपछि कार्यदलका सदस्यहरुले माधवले केही दिन माग्नुभएको भन्दै सहमति आज होइन भोलिका लागि भन्दै समय सारिएको हो ।
बरिष्ठ नेता नेपालले सर्वाेच्चको फैसलाअगाडि समहति नगर्ने प्रतिवद्धता प्रचण्डसँग जनाउनु भएको सूचना आइरहेको बेला कार्यदलले समय सारेको हो । यो घटनासँगै माधवमाथि अव अदालतको फैसलाअघि सहमति नगर्ने र कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डसँग लिएको बैना पचाउने रणनीतिमा रहेको आरोप लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आउँदासम्म शेरबहादुर देउवालाई दिएको हस्ताक्षर कायमै राख्नेहरु एमाले हुनै नसक्ने सार्वजनिक घोषणा गरिसक्नु भएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको सो घोषणा र अदालतको फैसलाअघि सहमति नगरी देउवा–प्रचण्डकै सेवा गर्ने माधवको अडानका कारण एमालेको एकताको सवै प्रयाश तुहिने पो हो कि भन्ने आम कार्यकर्तामा आशंका जन्माएको छ ।











