एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समूहका नेता नेपाललाई गरे टेलिफोन, बैठकमा हभागी हुन आग्रह

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई टेलिफोनगरी शुक्रवारको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । निकै लामा समयपछि अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेका हुन् ।
संस्थापन समूहले केन्द्रीय कमिटिको बैठक शुक्रवार राखेको अघिल्लो साँझ अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन सम्वाद भएको बिबरण बाहिर आएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आफैले नेता नेपाललाई फोन गरेका हुन्। संस्थापन समूहले आज बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको छ।
तर उक्त बैठकमा सहभागी नहुने माधव समूहले अडान लिएको छ। ओली र नेपालबीच शुक्रबार पनि संवाद हुन सक्ने सम्भावना छ। माधव समूहका नेताहरुले आजको केन्द्रीय कमिटिको बैठक स्थगित गरेर एकताका लागि संवाद गर्न संस्थापन समूहलाई सुझाव दिएका छन्।