तीनपाटन गाउँपालिका वडा नं. १ खारखोला दोभानका अमृतवहादुर प्रधान अहिले खेतलमा धान रोप्नका लागि तयारी गरिरहेका छन् । तर उनलाई आफुले रोप्न लागेको धानखेत नजिकै आइपुगेको चँदाहा खोलाले कतिबेला बगाउने हो ? भन्ने चिन्ताले सताउन थालेको छ । लगातारको वर्षापछि उर्वराभूमि तीनपाटन फाँटमा अहिले चँदाहा नदीमा ठूलो बाढी आएको् छ । बाढीका कारण वडा नं. १ र २ का स्थानीय किसनाहरु त्रसित भएकाछन् ।
स्थानीय वासिन्दा एवम् नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटीका अध्यक्ष छत्र दाहालले चँदाहा लगायत सहायक नदीहरुमा बाढी आएको र निरन्तर पानी परिरहेकाले नदी आसपासका वासिन्दालाई सर्तक रहन अपील गर्नुभएको छ । उहाँले गाउँपालिका भित्रका नागरिकलाई कुनै पनि विपत्ती आइपरेमा आफ्नो मोवाइल नम्वर ९८१८८३०९१६ मा सम्पर्क गर्न अपील गर्नुभएको हो ।
(फोटो फिचर)


