मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

गैर सरकारी संस्था सामुहिक सरोकार समाज सिन्धुलीले एक कार्यक्रमका बीच मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोछ । गाउँपालिकामा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष नवराज पहाडीले गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई अस्थायी कोभिड अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा कोभिड १९ र्‍यापिड एक्सन टास्कफोर्सको सहयोगमा सर्जिकल मास्क, स्यानीटाइजर, पिपिइसेट लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विमल पोख्रेल, स्वास्थ शाखा प्रमुख मधु लाखे, नबराज बराल र सुदीप केसी सहभागी थिए । कार्यक्रममा अध्यक्ष बम्जनले स्वास्थ्य सामाग्री बुझ्दै आवश्यक्ताका आधारमा वडा स्तरसम्म वितरण गरिने बताउनु भयो । उहाँले सहयोगी संस्थाप्रीत आभारसमेत प्रकट गर्नुभएको थियो ।