माओवादी केन्द्र सिन्धुलीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई एका कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष एवम् प्रदेश सांसद राजन दाहालले प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसिका अध्यक्ष सुरेश न्यौपानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
माओवादीले मास्क एन्टिजेन टेष्ट १० थान, गर्मल गन १ थान, अक्सिमिटर १० थान, पीपीइ सेट १० थान, सर्जिकल मास्क ५०० थान र सर्जिकल पिपिई, गाउन ५ थान लगायतका स्वास्थ्य समाग्री सहयोग गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष दाहालले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली र संक्रमितको स्वास्थ्य लाभको कामना गरेका थिए ।
जिल्लामा सबै निकायहरुको समन्वयात्मक भुमिकाले अरु जिल्लाको तुलनामा कम संक्रमण हुन र सिन्धुलीमा कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि सहज भएको बताए ।