मन्त्रिपरिषदपछि पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक, मन्त्रीहरु किन गए प्रचण्ड निवास ?

सत्तारुढ नेकपा अन्तर्गत पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारमा मन्त्रिपरिषद बैठक सकेर नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

बैठकमा उठेका विषयहरु प्रचण्डलाई सुनाएपछि आफुहरुलाई अध्यक्षले खुमलटार बोलाएको एक मन्त्रीले बताए ।
नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत पुर्‍याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।