माओवादी अध्यक्ष पुष्पकमल दाहलको अप्रत्यासित दौडधुपलाई लिएर अनेकौं अड्कलवाजी गष्र्न थालिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि लिखित धारणा सार्वजनिक गरेपछि आइतवारी रातीनैं प्रचण्ड निवास पुगेका निश्कासित नेता माधव नेपाललाई भेट्न एक घण्टा अगाडि प्रचण्ड कोटेश्वर पुगेका थिए ।
कुनै पनि अबस्थामा ओलीको पक्षमा नलाग्न आआग्रह गर्न पुगेका भनिएका अध्यक्ष प्रचण्ड केही बेर अगाडिनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
अहिले देउवा र प्रचण्डबिच छलफलजारी रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित पार्टी एकताका लागि आह्वान गरेपछि नेपाल पक्ष धारणा बनाउन आन्तरिक छलफलमा रहेका बेला प्रचण्ड भेटघाटका लागि कोटेश्वर स्थित नेपाल निवास गएका थिए।











