पछिल्लो २४ घण्टामा देशभरि कोरोना भाइरसका ५ हजार ४२ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्।
देशभर पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ७१ जनामा पीसीआर तथा ५ हजार ३ सय ४३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।
थपिएका सहित हालसम्म देशमा कोरोना संक्रमितको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय २३, भक्तपुरमा ७३ र ललितपुरमा १ सय ४१ जनामा संक्रमण देखिएको हो।











