कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ की ६४ वर्षकी महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ का ६० वर्षका पुरुष र सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–४ का ९२ वर्षका बृद्ध रहेको डा. काफ्लेले बताए ।










