कोरोना संक्रमित सुनकोशीका कानून अधिकृत भन्छन्ः तनाब बढ्ने र आत्मबलनैं कमजोर बन्ने रहेछ

सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दिदी र म सुरुमा स्वास्थकर्मीहरुको टोली लिएर कोरोना जस्तै लक्षण देखिएका गाउँ–गाउँका विरामीहरुको स्वाव संकलनका लागि सक्रिय रह्यौं ।
कोभिड १९ को दोस्रो भेरियन्ट विरुद्धको २ वटै खोपहरु लगाएकाले पनि दिदी र मलाई ंक्रमण भई हाल्दैन कि भन्ने लागेको थियो । स्वाव संकलनका क्रममा धेरै ज्वरो आएका वा कोरोना जस्तै लक्षण देखिएकाहरुको स्वाव लिने र उनीहरुसँग कुराकानी गर्ने कामहरु भएकै थिए । त्यसबेलाका फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि मलाई साथीहरू, सुभचिन्तक एवम् आफन्तजनहरुले विरामीहरुसँग कति नजिक गएको भनेर बारम्वार फोन गरिरहन्थे । हामीलाई केही हुँदैन, मास्क र पञ्जा लगाएका छौं भने ढुक्क त भएका थियौं, तर घरी घरी आफन्तजन र साथीभाईको फोनले झस्काउने गर्दथ्यो । त्यस बेला साथीहरुले भनेको कुरा दिपा दिदीलाई पनि नसुनाएको होइन । यस्तो संकटका बेला हामीले पनि त्यो काम गरेनौं भने कस्ले गर्छ भनेर निरन्तर काममा लागिरह्यौं ।
स्वाव संकलनदेखी आइसोलेसन बनाउने, बेड ओसार पसार गर्ने यसै क्रममा खासै लक्षण त थिएन तर पनि गाउँ पालिकाको एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भने मलाई पनि डर लाग्यो । मनभित्र डर भएपनि थालेको काम त पुरा गर्नै पर्ने अबस्था थियो । कार्यालयमा जस्लाई पोजेटिभ देखियो, उसँग मेरो नियमित उठबस थियो । त्यही कारणले मलाई शंका लागिरह्यो । तर कोभिडको कुनै पनि लक्षण देखिएको थिएन । तर पनि मैले पिसिआर पठाएको थिए । ३१ गते पठाएको पिसिआरको रिपोट पोजेटिभ भएर ३ गते आयो । त्यसपछि भने मलाई के गर्ने र कसो गर्ने भन्ने लाग्यो । तर म मात्रै होइन दिपा दिदीलाई पनि पोजेटिभ देखिएपछि उहाँलेनैं हामीहरु सबै एकै ठाउँमा बसौंला भन्नुभयो तर मनभित्र भने छटपटी चलिरहेको थियो ।
हामीहरु होम आइसोलेसनमैं बस्यौं । त्यस क्रममा आलिअली गाह्रो त बनायो नैं । खाना खान भने पटक्कै मन लाग्दैनथ्यो । त्यस बेला दिपा दिदीले कर लगाएर खाना खुवाउनु हुन्थ्यो । सामाजिक सञ्जाल र न्यूजहरुमा कोरोनाबाट भएको क्षतिको समाचार र फोटो देख्दा आङनैं जिरिङ्ग हुन्थ्यो । त्यस बेला दिदीले संझाईरहँदा भने आत्मबल बलियो हुन्थ्यो ।
मेरो परिवारमा तीन सदस्य छौं । ममि ,स्मृती, र म । म बाहेक दुबै जना स्वास्थकर्मी नंै हुनुहुन्छ । यस क्रममा सबैभन्दा धेरै ममीलेनैं चिन्ता लिनुभयो । बुढिलाई भने गत वर्ष कोरोनाको पहिलो लहरमैं मेथनकोट अस्पतालमा आइलोसनमानैं काम गरेका कारण यो रोग यस्तो हो, यी उपायहरू अपनाउनु पर्छ भनेर काउन्सिलिङ्ग गरिरहन्थिन् । यस्तो अबस्थामा घर परिवारमा सबैभन्दा बढी चिन्ता हुनेरहेछ । त्यो अस्वाभाविक पनि होइन ।
१२ दिनपछि फेरि पिसिआर गराउँदा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि भने खुशी लागेको छ । सबैतिर त्रास छ मानिसहरु मरेका मरै छन् । संक्रमितको संख्या पनि निरन्तर बढीरहेकै छ । मानिसहरुले अझै पनि कोरोनालाई सामान्य संझिरहेको महशुस गरेको छु । मेरो रिपोर्ट नेगेभिट आएपनि अझैं १५ दिन होम आइसोलेसनमानंै बस्ने निर्णय गरेको छु । म सुनकोशीका कोरोना संक्रमित सबैलाई नआतिन र आत्माबल बढाएर घरभित्रै बस्न आग्रह पनि गर्दछु । (लेखकः कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका सुनकोशी गाउँपालिकाका कानून अधिकृत हुन्)