विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध अदालतमा रिट हाल्ने तयारी स्वरुप सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यावद पक्ष, एमालेको नेता माधवकुमार नेपाल पक्ष तथा राष्ट्रिय जनमोर्चासहितका सांसदको हस्ताक्षर संकलन थालिएको हो।
संसद भवनमा छुट्टाछट्टै दलका सांसदको हस्ताक्षर संकलन गरेपछि संयुक्त बैठक बस्ने जनाइएको छ। अहिले धमाधम हस्ताक्षर संकलन भइरहेको नेताहरुले जनाएका छन् ।