नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधी (कोरोना भाइरसको महामारी) का बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावनी प्रधानमन्त्री र राष्ट्रपतिलाई दिएका छन् ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरेकी छन् शनिबार बिहान सबेरै ।
कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत त्यसमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधीका बेला मध्यावधीको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’