प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आउँछु विश्वास लागेन । किन लामो समयसम्म प्रतीक्षा गर्ने ? उनले राष्ट्रपतिलाई अर्को पद्धतिबाट सरकार बनाउने बाटो खोली दिए ।
राजीनामा दिनु नदिनु गौण कुरा हो । यसमा पनि मुलुकका दुर्भाग्य कहलाइयेकाहरुको टाउको दुख्छ । दुखी आत्माहरु सक्छौ भने समय सीमाभित्र राष्ट्रपतिलाई भेटन जाउ नभए आज साँझसम्म भूतपूर्व साँसद हुन्छौ ।
संसद कोरोना संक्रमित भएर आईसीयू पुगेर भेंटीलेटर मार्फत केही घण्टाका लागि अडेको छ । कुनै डाक्टर साहेब बचाऊन सक्नु हुन्छ भने कोशिश गर्नुस ।ओलीजी अहिलेसम्म मेरो स्क्रिप्ट अनुसार काम गरेकोमा प्रसन्न छु सफलताका लागि आसीर्बाद छ ।
संसदको समापन पछि स्वास्थ्य संकटकाल लगाउने निर्देश पालन गर्नु होला । प्लानिंग तपाईंलाई बाचुंजेल नेपालको प्रधानमंत्री बनाउने हो । आज साँझमा पार्टी गर्ने मन छ तर कोरोनाका कारण यो सम्भव हुन सक्दैन । आ आफ्नो घरमा उत्सव मनाउनु होला ।ओलीको विकल्प ओली मात्रै हुन । देवभाषामा ओली निर्विकल्प हुन ।
ज्ञान मित्रको सामाजिक सञ्जालमा पछिल्ले राजनैतिक टिप्पणी ।