म कोरोनाको दोस्रो भेरियन्टसँग निरन्तर लडिरहेकीछु, तपाईले लासमाथि श्रद्धाञ्जली दियर केही हुनेवाला पनि त छैन, त्यसैले सो काम बन्द गरिदिनुस् !

देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त लेख्नु पर्छ भनेरै यो प्रयत्न गरेकी हुँ । बितेका दिन अझैपो झन निरन्तर लडिरहेको छु । पोजिटिभ रिपोर्ट प्राप्त गर्ने लडाइँमा छु । कति सक्छु जित्छु वा हार्छु, सबैले भोगेको समय हो, जे होला ! कसैले चिन्ता नलिनु सारै गाह्रो त भएको छैन मलाई ठिकैछु घरमै छु !
नयाँ भेरियन्ट संक्रमणको मेरो अनुभव
मलाई सुरुमा हातगोडा गल्ने,जिउको हाडजोर्नी कटकटी खायो । त्यसपछी टाउको सहनै नसक्ने गरि दुख्यो । के गरौं र कसो गरौं भयो । आँखा बिझाएर हेर्नै नहुने जस्तो दुख्यो । यति धेरै जाडो भयो कि अहिलेसम मैंले त्यस्तो जाडोको अनुभवनैं गरेकी थिइँन । पहिलो दिन जाडो भएर १.१ ज्वरो आयो । दोस्रो दिन ज्वरो आउँदै हराउँदै गरेपनि टाउको दुख्ने, जिउ दुखिरहने, हातगोडा कटकट खाने समस्याहरु देखिए । त्यसैदिन हल्का पखाला पनि लाग्यो ।
खानाको स्वाद नआउने, खाना खान पनि मन नलाग्ने भएपछि म कोरोना पोजेटिभनैं भएँकि भन्ने आशंका लागेपछि तेस्रो दिन पिसिआर टेस्ट गर्न गएँ । त्यसै बेला पारासिटामोल, ग्यास्टिक र भिटामिनहरु खाँदैछु । ज्वरो अझै हटेको छैन । हल्का छ । शरिरमा हिँड्ने तागत छैन, हातगोडा गलिरहेको छ । घाँटिमा ख्यासख्यास भइनैं राखेको छ । घरमै होम कोरनटाइनमाछु । तातो पानी पिउने, बाफ लिने र अदुवा–मरिच बेसार–पानी निरन्तर खाईनैं रहेकीछु ।
संक्रमितहरुलाई निराश होइन हौसला दिऊँ
अहिले त सिन्धुली बजारमा लखर लखर हिँड्नेहरु कम छैनन् भन्ने सुनेकी छु । सबै जना घरमैं बसौं । सकेसम्म सुरक्षित तरिकाहरु अपनाऔं । पोसिलो खानेकुराहशरु कुरा खाउँ र खुवाऔं । जीवित हुँदै मायाँ ममता र केयर गरौं, लापरवाही पूर्ण कामहरु बन्द गरेर एक अर्कालाई सहयोग गरौं ।
सबै कुरा झुट भएता पनी यो एस्तो चिज हो, मृत्यु सत्य ! हामी जन्मेकानै मृत्युको लागि हो । कोहि पनि नडराऔं, कोरोनाले मात्रै हैन, हाम्रो दिन सक्किए पछी मृत्युनैं अन्तिम सत्य हो । मृत्युको मार्ग हरेक थियन र ! एक्सिडेन्ट ,खोला, बाढिपैरो भुकम्प आदी प्रकृतिको नियम नै हो ! कसैलाई कोराना भएको छ त कसैलाई अनेकौं चिजमा धक्का छ ! हामी सबै केही न केही पिडामा छटपटाईरहे छौं ।
हामी नरहन पनि सक्छौं त्यो सत्य नहुन पनि सक्छ । हामीहरु अध्ये कोही क्वारेन्टाइन त कोही आइसोलेसनमा छौं । कोही मृत्यसँग पौंठेजोरी खेलिरहनु भएको छ भने अधिकांश विरामीहरुले सामाजिक सञ्जाल चलाईरहनु भएको छ । त्यसैले तपाई सचेत वर्गहरु हुनुहुन्छ, मृत शरीर र गाडीमा ओसार ओसार पसार गरिएका संक्रमितका फोटाहरु सामाजिक सञ्जालमा प्रचार पोस्ट नगर्दिनुस् ।
संकटमा परेका बेला साथ दिनु भयो भएन त्यो छलफलको विषय बन्न सक्ला । तर सामाजिक सञ्जालमा मृतकको फोटो हालेर लासमा श्रद्धाञ्जली दिने काम बन्द गर्नुस् । तपाईको यो कामले संक्रमितहरुलाई हौसला होइन, थप पिडा दिइरहेको छ । तपाईले लासमाथि श्रद्धाञ्जली दियर केही हुनेवाला पनि त छैन !

आफ्नो परिवारको ख्याल गर्नुस्
मलाई जहाँसम्म लाग्छ, कोभिडको नयाँ भेरियण्ट पनि सरुवा रोगनैं हो ! मलाई पनि कहिँ र कसैबाट सर्न भ्याएकै हो । मेरो केही जिम्मेवारीहरुले गर्दा समेततात पूर्वक हिंड्दा हिंड्दै पनि मलाई लाग्न भ्याएछ । लाग्ने लाइत लागिनै सक्यो, अब आत्मबल बढाएर नआत्तिकन खानपिनदेखी बसाई सबैमा ध्यान पु¥याउँदै छिटो निको हुने प्रयास गर्नुस् ! र नलाग्नेहरुले भिडभाडबाट बच्दै बुढाबुढी, बालबच्चा रोगीहरुको लागि भएपनि अलि महिनाको लागि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् मैंले जस्तो कष्ट नभोग्नुस् । हुनु भन्दा अघिनै सचेत भईदिनुहोला । मेरो तपाईहरुका लागि आग्रह वा अपील छ ।