नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा भएको पत्र पठाएका छन्।
कारवाही फुकुवा भएको पत्र ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पठाएका हुन्। पत्रमा उनीहरुलाई गरिएको निलम्बन फुकुवा भएको उल्लेख गरिएको छ।
बिहीबार बिहान बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित चार नेतामाथिको कारवाही फुकुवाको निर्णय गरेको थियो।
पार्टी संगठन विरोधी गतिविधि गरेको भन्दै एमालेले गत चैत १६ र १९ गते वरिष्ठ नेता नेपालसहित चार जनालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बनको निर्णय गरेको थियो।











