नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिशडाँडामा शुरु भएको छ । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन्।
संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घन्टामात्रै बाँकी रहेका संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रको बैठक बस्न लागेको हो।