राष्ट्रिय युवा संघद्धारा श्रद्धाञ्जली ब्यक्त

राष्ट्रिय युवा संघ, नेपालले एक प्रेस विज्ञप्ती जारीगर्दै संघका केन्द्रीय कमिटि सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं।१० वाल्टिङ्ग निवासी मिलन सापकोटाको कोरोना संक्रमणका कारण निभएको खबरले स्तब्ध बनाएको जनाएको छ ।

गत २०७८ बैशाख १० गते कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भई काठमाडौं मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचार क्रममा २०७८ बैशाख २८ गते दिउँसो ३ बजे निधन भएको थियो । संघले विज्ञप्ती मार्फत उहाँजस्तो उर्जावान र क्रियाशील नेताको निधनबाट नेपालको युवा आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

दुःखद यस घडीमा संघ स्व। नेता सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकलाई शक्तिमा बदल्न सम्बद्ध सबैमा आह्वान गर्दछ तथा शोकाकुल परिवारजन, आफन्त, संघका नेता–कार्यकर्ता सबैमा गहिरो समवेदना व्यक्त गर्दछ, अध्यक्ष बचनवहादुर सिंहद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।