नेकपा एमाले वाग्मती प्रदशेका अध्यक्ष आनन्द पोखरेल भन्नुहुन्छः कसरि पत्याऊँ यस्तो बज्रपात !

मेरो परिवारमा कोरना संक्रमणको ख़बर थाहा पाए पछि टेलिफोन सम्बाद भयो । चिसो लागेको छ रुघा पनि छ !तुरुन्त पिसिआर गर्न भने ।भोलीनै पेजेटीभ रहेछ भनु भयो । हस्पिटल जान भने धुलिखेल र मनमोहन रोजनु पर्ने भयो मैले धुलिखेल भने तर मनमोहन जाने निर्णय गरेऊ ।

May be an image of 2 people and people standing
एमाले नेता एवमे गृहमन्त्री रामवहादुर थापा वादल र नेता पोखरेल स्वर्गीय चौलागाईलाई श्रद्धाञ्जली व्यक्त गर्दै ।

नियमित संबाद भयो । २४ गते शुक्रवार , यसतो मेसेज पछाऊनु भयो “नमस्ते ! अलि जटिल पो भयो ज्वरो १०२ अक्सीजनको लेवल ९२ भन्दा वढेन प्रेसर त झन् ८०/५० मा झरयो शरीरको दुखाई अति वढ्यो शरीर यति शिथिल छ की सामान्न्य गतिविधि गर्न पनि नसकिने कान बन्द होला जस्तो आंखामा पनि समस्या हेरौं डाक्टरहरू लागी रहनु भएको छ सुधार होला “! मैले ह्यामस वा नर्भिक जाऊँ भने भोली सम्म हेरौ भन्नु भयो । डक्टरले राम्रो मेहनत गरेका छन । तर आज यस्तो बज्रपात । कसरि पत्याऊ कसरि बिशावस गरौ ! तर पनि पत्याऊन बाध्य छु ।

May be an image of 1 person and standing

कम्युनिस्ट आन्दोलन र दोलखाली जनताको आस्था र निष्ठाको एउटा धरोहर मेरो सहयोद्धा कमरेड पशुपतिलाई आज गुमाएको क्षण । अत्यन्तै पीडाबोध भएको छ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य, संबिधान सभा सदस्य , दोलखा प्रदेशसभा-ख कासदस्य कमरेड पशुपती चौलागाईं हामी माझ रहनुभएन । अलबिदा पशुपती कमरेड ! तपाईले लिएको बाटो अनि तपाईको निष्ठा,आदर्श र अधुरा सपना हाम्रा पनि सपना हुन । त्यसलाई पुरागर्नु मेरो कर्तब्य हो ।

May be an image of 2 people and people standing

यो क्षती दोलखाको मात्र नभई सिगों कम्युनिस्ट आन्दोलनको अपुरणिय क्षति हो । देशले देशभक्त कम्युनिस्ट योद्धा गुमाएको छ । परिवार र दोलखाली जनताले कुसल अबिभाबक गुमाएका छन् । मतदाताले असल नेता गुमाएको छन् । यस दुखद घडीमा म अनुरोध गर्दंछु कि शोकलाई शक्तिमा बदलि ऊहॉको अधुरा सपना पुरा गरौ, यहिनै ऊहॉप्रति सच्चा श्रद्धाजलि हुनेछ । हार्दिक श्रद्धाञ्जली ।अनि शोकाकुल परिवारजनमा गहिरो समबेदना । नेता पोखरेलको यो भनाई सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको थियो ।