बिश्वासको मत नपाए पनि त्यो कामको निम्ति सधै ओलीको सम्झना भैरहने छ : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले संसदमा बिश्वासको मत नपाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको दुई ओटा कामलाई लिएर सदा संझना भइरहने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले बिश्वासको मत लिन चाहनुभएको दिन आज थापाले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राख्नुभएको हो ।

‘नाटकीय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला। जेहोस अनेक विवादरअसफलताका वावजुद लिम्पियाधुरासहितको चुच्चेु नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ,’ थापाले भन्नुभएको छ ।

May be a Twitter screenshot of 1 person and text that says 'Kamal Thapa @KTnepal नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको 'चुच्चे' नक्सा प्रकाशनर विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने'