नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा विश्वासको मत लिँदै छन्।
एमालेले आफ्ना सबै सांसदलाई संसदमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । तर नेपाल पक्षले भने त्यसविपरित बैठकमा नजाने निर्णय गरेको हो ।
एमालेले आफ्ना सबै सांसदलाई संसदमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर नेपाल पक्षले भने त्यसविपरित बैठकमा नजाने निर्णय गरेको हो ।
तर अवैध अध्यक्षले जारी गरेको ह्वीप मान्नेपर्ने कुनै आवश्यकता नरहेको माधव समूहका सांसदहरुले बताएका छन्।
माधव समूहले ओलीलाई विश्वासको मतमा असफल पार्न सामूहिक राजीनामा दिने बताएको थियो। तर सामूहिक राजीनामा दिन केही सांसदहरु तयार नभएपछि निर्णय हुन सकेन। राजीनामा दिन नहुने भन्दै केही सांसद बैठकको बिचमै निस्केका थिए।
बैठकमा माधव कुमार नेपाल, भीम रावल, योगेश भट्टराई, यज्ञ बहादुर सुनुवार, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, झपट रावल, गणेश पहाडी, कृष्णलाल महर्जनसहितका सांसद सहभागी थिए।
यस्तै बिरोध खतिवडा, गोकर्ण राज बिष्ट, नारायणप्रसाद खतिवडा, जयकुमार राई, प्रवित्रा निरौला खरेल, राजबहादुर बुढा, निरा देवी जैरु, कल्याणी कुमारी खड्का पनि बैठकमा थिए। कलिला खातुन र पार्वती विशुंखे भने बैठकबाट बिचमै बाहिरिएका थिए ।
नेपाल पक्षले पार्टी एकताका लागि ६ बुँदे शर्त पूरा नभए सांसदबाट राजीनामा दिने चेतावनीसहित सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए ।











