कोरोना संक्रमण बढ्दै गएको सुनकोशी गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटाएर सर्वसाधारण नागरिकहरुको स्वाब संकलन गर्ने कार्यलाई तिब्रता दिन थालेको छ ।
कोरोना संक्रमणकै कारण गाउँपालिकाका २ स्थानीयको राजधानी काठमाडौमा ज्यान गएपछि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालकै सक्रियतामा अहिले बढी जोखिम देखिएका गाउँमा रहेका स्थानीयबाट स्वाब संकलन थालिएको हो ।

प्रदेश सहकर्मी चिरिञ्जीवी दाहालले टिपाएको समाचार अनुसार सितलपाटी र मझुवा गाउँबाट ८६ जनाको स्वाब संकलन गरिएको हो । सो स्वाब आज सँझनैं धुलिखेल अस्पताल पठाई सकिएको छ ।
कोरोना संक्रमण बढेसँगै सर्वसाधारणहरु बढी जोखिम हुने देखिएपछि रुघा खोकीले ग्रस्त भएका र ज्वरो आएका सर्वसाधारण नागरिकहरुको स्वाब संकलनगरी पठाइएको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको भनाई थियो ।

गाउँपालिकाले एक साताका लागि लकडाउन घोषणागर्दै कोरोना संक्रमण रोकथाका लागि आफ्ना गतिविधी अगाडि बढाइरहेको छ ।
