सिन्धुलीमा ८ जना कोरोनामुक्त

सिन्धुलीमा ३०६ जना कोरोना सङ्क्रमित भएकोमा ८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सिन्धुलीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९६ रहेको छ ।

शनिवार कमलामाई नगरपालिकामा २६, दुधौली नगरपालिकामा १, घ्याङलेख गाउँपालिकामा १, हरिहरपुरगढी गाउँपालिकामा ५, गोलन्जोर गाउँपालिकामा २, मरिण गाउँपालिकामा १ र सुनकोसी गाउँपालिकामा ९ गरि ४५ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय सिन्धुलीका जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले जानकारी दिए। शनिवार तीनपाटन गाउँपालिकाका १ र कमलामाई नगरपालिकाका १ गरि दुई जना कोरोनामुक्त भएको उनको भनाई छ ।