अस्पताल भन्छः छिटो बेडखाली गर, घरबेटी भन्छन् तिमिलाई घरमै पस्न दिन्नौं, कोरोना पोजेटिभ भन्छन्ः अब म के गरौं !


भन्ने गरिन्छ, कोरोना पोजेटेभिलाई मायाँ गरौं, हेला र र्दुब्यबहार नगरौं । तर ब्यवहारमा त्यस्तो हुँदो रहेनछ । कोरोना पोजेटिभ भएपछि सिन्धुली अस्पतालको आइसियुमा भर्ना भएका विद्यार्थी नेता लोकेन्द्र बोगटीले शनिवार सिन्धुलीमा त्यस्तै र्दुब्यवहार भयो जसले सिन्धुलीका पोजेटिभ मात्रै होइन सचेत नागरिकलाई समेत सोच्न बाध्य बनायो ।
थामी नसक्नु ज्वरो आएर श्वासप्रश्वासमा समस्या आएपछि सिन्धुली अस्पतालको एम्बुलेन्स आएर बोगटीलाई कोठैबाट उठाएर अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको थियो । उनको स्वाव जाँच गरिएपछि कोरोना पोजेटिभ पनिभयो । एक साताको अस्पताल बसाईपछि शनिवार कोभिड उपचार युनिटका इन्चार्जले आजै निस्केर घर जानुस् भनेर दबाब दिए । बोगटी र ती डाक्टरका बीचमा भनाभननैं भयो । स्थिति असहज भएपछि आफ्नो झिटीगुन्टा बोकेर उनी कमलामाई नगरपालिका वडा नं. ६ स्थित आफ्नो डेरामा आए ।
डेरामा उनी आएको घरबेटी र छरछिमेकले थाहा पाएपछि उनी आफ्नो कोठामा पनि बस्न नसक्ने अबस्थामा पुगे । घरबेटीले तपाई यहाँ नआउनुस् अन्यत्रै जानुस् हामी बस्न दिन्नौं । घरबेटीको कुरा सुनेपछि उनलाई के गरौं, कसौ गरौंभयो । उनले सो कुरा आफन्तजनलाई खबर गरे । आफन्तजनले प्रमुख जिल्ला अधिकारीलाई घरबेटीले कोठामा पस्नै नदिएको कुरा सुनाएपछि जिल्ला प्रशासन कार्यालयबाट गलतकाम गर्ने घरवालालाई बस्न नदिए थुनिदिने चेतावनी दिइयो ।
क्षणभरमैं मानिसहरुको भीड जम्माभयो । कोभिड उपचार युनिटले विद्यार्थी नेता बोगटीमा कोरोना पोजेटिभ छैन भन्ने रिपोर्ट दिएको थिएन । यदी रिपोर्ट दिएको थियोभने समस्या सिर्जना हुनेनैं थिएन, उनले प्रदेशखबरसँग भने । परिस्थिति यस्तो बन्यो कि अब त डेरामा गएर बस्ने अबस्थै रहेन नत मानवीय संवेदनानैं रह्यो ।

No description available.
कोभिड उपचार कक्षमा विद्यार्थी नेता बोगटीलाई पुःन राख्ने क्रममा । फोटोः प्रदेशखबर

आँखाभरी आँशु खसाल्दै उनी भन्छन्ः यस्तो रोग त दुश्मनलाई पनि नलागोस् । ‘अस्पताल भन्छ, तिमिलाई डिस्चार्ज गरिदिएका छौं, आजबाट बस्नै मिल्दैन, आफ्नै घर जाऊ, कोठामा गएँ, घरबेटी भन्छन्ः तिमीलाई हामी अब घरमै पस्न दिन्नौं’ यस्तो अबस्थामा मैंले के गर्ने, झुण्डेर मर्ने ! उनले आफ्नो दुखेसो यसरी पोखे ।
घरमा बुबा र भाई पनि पोजेटिभ हुनुहुन्छ । सिन्धुली अस्पतालले हिजो कोरोना जाँचको रिपोर्ट नआउँदै डिस्चार्ज गरिदियो, तर उनको भाईको स्वानैं लिइएन । साँझ परेपछि सिन्धुली अस्पतालको बेडबाट निकालियो, त्यसपछि मैंलेनैं प्रदेश सांसद प्रदीप कटुवाललाई भनेपछि उहाँलेनैं एम्बुलेन्सको व्यवस्था गरिदिनुभयो, एम्बुलेन्सले दुधौली लगेर छोडिदिएपछि साँझ घर पुग्नुभयो । उहाँहरु अहिले पनि घरको बेडमैं हुनुहुन्छ, छाती दुखीरहेको छ, यहाँ मेरो अबस्था पनि उस्तैछ, बोगटीले मलिन स्वरमा भने ।
निकै लामो रस्साकस्सीपछि प्रहरीको दस्तानैं आइपुग्यो । विद्यार्थी नेताहरु पनि आए, र पिसिआर जाँच गरेर पोजेभिट छैन भन्ने प्रमाण ल्याएपछि मात्रै कोठामा बस्नदिने घरवालाको भनाईपछि उनलाई सहकर्मीहरुले फेरी डिस्चार्ज भएको कोरोना उपचार यूनिट शिबनगरमैं पु¥याए । तर त्यहाँ रहेका डाक्टर उनलाई फेरी राख्न र स्वाव लिएर जाँच गर्न तयार थिएनन् । निकै लामो रस्साकस्सीपछि सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले रिपोर्ट नआउँदासम्म त्यही राखिदिन सहमत भएपछि तत्कालका लागि समस्या हल भएको थियो ।
बेपर्वाह बन्दै स्थानीय प्रशासन र सरकार !
आज सिन्धुलीमा कोरोना पोजेभिट विद्यार्थी नेता बोगटीले जुन समस्याको सामना गर्नु प¥यो, त्यस्ता घट्ना अब दैनिक रुपमा आउनेछन् । स्थानीय प्रशासन र सरकारले होल्डिङ सेन्टर स्थापनागर्ने वारे अहिलेसम्म सोच बनाएकै छैनन् अर्थात उनीहरु बोगटीले ब्यहोरेको तनाब र घटनावारे बेखबर छन् र त्यो होल्डिङ सेन्टर निर्माण गर्न अत्यन्त जरुरी छ भन्ने लागेकै छैन । कोभिड उपचार कक्षबाट निस्केर लुरुलुरु पोजेभिटहरु डेरामा, घरमा र समुदायमा सहजै एडजस्ट हुन सक्छन् भन्ने लागि रहेको छ । यो उनीहरुको नागरिक प्रतिको गैरजिम्मेवारी सोच हो । आफ्नो नागरिक मर्दा आफुले चढेको गाडी प्रयोग गर्न नदिने स्थानीय सरकार प्रमुखको शुक्रवार मध्यान्हको अभिव्यक्ति र बेलुका शब व्यवस्थापन गर्न स्थानीयले नदिएपछि मध्यराती मरिणखोको बगरै बगर कुदाउँदै अर्को ठाउँमा लैजानु पर्ने सुरक्षाकर्मीको निरिहताले सिन्धुलीमा स्थानीय सरकार जनताप्रति जिम्मेवार छैन भन्ने देखाउँदछ ।
स्थानीय प्रशासन छिटो गर !
आइतवार जिल्ला प्रशासन कार्यालयमा कोभिड नियन्त्रण समितिको बैठक बस्दैछ । अघिल्ला बैठकहरु जस्तै सामान्य एजेण्डाहरुमा छलफल गर्ने र मुख्य मुद्धाहरु छोड्ने काम गर्नु हुन्न । अघिल्लो बैठकमैं कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले शब ब्यवस्थापन स्थलको छनोट गरौं भन्ने प्रस्ताव राखेका थिए, तर उक्त प्रस्तावलाई कसैले पनि चासो दिएनन् । शुक्रबार सो निर्णय नगर्दाको परिणाम भोग्नु प¥यो । शब ब्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने तर स्थान छनोट गरेर दिन नसक्ने जिल्ला संकट व्यवस्थापन समितिले विगतबाट पाठ सिक्न जरुरी छ । आइतवारको बैठकले सिन्धुली जिल्लालाई पुर्ण रुपमा लकडाउन गर्न, औषधी पसल बाहेक सम्पूर्ण ब्यवसाय बन्द गर्न र जारी लकडाउनलाई अत्यन्त कडाईगर्दै शब ब्यवस्थापन स्थल र आइसियुबाट बाहिरिएका नागरिकहरुलाई रिपोर्ट नआउन्जेलसम्म राख्नका लागि होल्डिङ सेन्टर स्थापना गरौं । बैठक त्यसैतर्फ केन्द्रीत होस् ।