सिन्धुलीका जिम्मेवार जनप्रतिनिधीहरु जस्ले आफु चढ्दै आएको गाडी एम्बुलेन्स बनाए

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कोरोना संक्रमणबाट मृत्युवरण गरेका ८ वर्षीय वालको शब बोक्न गाडी नदिएको समाचार बाहिर आएका बेला घ्याङलेख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा तीनपाटन गाउँपालिकाकी उपाध्यक्षले आफुहरुले चढ्दै आएको गाडी आफ्ना मतदताहरु ओसार पसार गर्नका लागि एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण सिन्धुली जिल्लामा असहजता उत्पन्न हुँदै गएपछि जनताको जीवन रक्षाका लागि आफुले चढ्दै आएको गाडी विरामीहरु ओसार पसारमा प्रयोग गर्न दिने निर्णय गरेका हुन् ।

शुक्रवार गाउँपालिका अध्यक्ष जगत भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले जनाकारी गराएका हुन ।
सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सङ्क्रमित सास्ती भोग्नु नपरोस अस्पतालसम्म सहज पहुँच पुग्न सकोस् भनेर जनताको सेवा र सुविधाको लागि प्रयोग गरिने र महामारीको अवधिभर आफूले प्रयोग नगर्ने र एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता व्यक्त गरेका छन्। घ्याङलेख गाउँपालिका को मातहतमा एउटा मात्र एम्बुलेन्स छ । भने भोलन र सुनुवार नेपाली कंग्रेस बाट निर्वाचित जनप्रतिनिधि हुन ।

No description available.

त्यसैगरी तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाउने भएकी छिन्।

संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्रा पर्याप्त नभएपछि उपाध्यक्ष तामाङले चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याउने बताएकी छिन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले चढ्दै आएको बा २झ ४१६३ नम्बर को डबल क्याब बोलेरो गाडीको चाबी स्वास्थ्य शाखाका प्रमुख इन्द्र प्रसाद दुलाल लाई हस्तान्तरण गरेकी हुन ।

कोरोना महामारीको विकराल रूप नहट्दासम्म वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपाध्यक्ष तामाङले बताइन्। सङ्क्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकोले यस्तो निर्णय गरिएको उनेको भनाइ छ।