सुनकोशीका अग्नी पिडितलाई एमाओवादीको सहयोग

सुनकोशी गाउँपालिका वडा नं. ५ र २ का अग्नी पिडितहरुलाई एमाओवादी केन्द्रले सहयोग हस्तान्तरण गरेको छ । आज विहान एक कार्यक्रमका बीच माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् प्रदेश सांसद राजन दाहालले प्रति परिवार १४ थान जस्तापाता, १ बोरा चामल, २ लिटर तेल, नुनु २ किलो, दाल २ किलो हस्तान्तरण गरेकाछन् ।
सहयोग सामाग्री बितरणगर्दै अध्यक्ष दाहालले पहिलो चरणमा पिडितहरुलाई पार्टीका तर्फबाट सहयोग गरिएको र आवश्यक्ताका आधारमा सहयोग गरिंदै जाने बताए । उनले आफु सदैव पिडित जनताको पक्षमा रहेको पनि बताएको सहकर्मी चिरञ्जीवी दाहालले प्रदेशखवरलाई जानकारी दिए ।