जिल्ला प्रशासनको अनुमति लिएर विवाहमा १५ जनासम्म भेला हुन पाइने

वैशाख १६ गते बिहीबारदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ त विवाह व्रतबन्ध गर्नका लागि भने बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भेला हुन पाइने निर्णय गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रजिअहरुको बैठकले काठमाडौँ उपत्यकामा एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले काठमाडौँले सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी अत्याआवश्यक बाहेकका अरु सबै सेवामा रोक लगाउने निर्णय गरेको छ। यसअनुसार एक हप्ता सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ भने सभा सम्मेलन गर्न पनि पाइने छैन।