पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ संक्रमित थपिए, उपत्यकामा १ हजार ४ सय ९८

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो। देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ।