सुनकोसीको टारिगाउँमा आगलागी हुँदा दुई घर जलेर नस्ट, आगो नियन्त्रणमा आएन

सुनकोसी गाउँपालिका वडा नम्वर ५ टारिगाउँमा आगलागी हुँदा दुई घर जलेर नस्ट भएको छ । वडा अध्यक्ष सन्तोश दाहालका अनुसार गाउँमा लागेको आगो स्थानीय प्रहरी ,स्थानिय बासिहरुको सहभागिता निभाउने प्रयास गरिएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

आइताबार ४ बजेको समयमा जङ्गलमा लगाएको डढेलो गाउँमा सल्किए पछि टारिगाउँका ४० घर जोखिममा परेका छन् । हाल उक्त गाउँको धनबहादुर विक र जमुना विकको घर र  १ गोठ जलेर नष्ट भइसकेको स्थानीय चिरन्जिवी दाहालले बताउनु भयो । उहाँका अनुसार आगो अझै नियन्त्रण हुन सकेको छैन । आगो नियन्त्रण गर्न सुनकोसी गाउँपालिकाका जनप्रतिनिधि,स्थानीय प्रहरी लगायत स्थानीय जुटिरहेको दाहालले बताउनु भयो । आगो नियन्त्रणको लागि कमलामाई नगरपालिका र काभ्रेबाट दमकल बोलाइएको छ  । 

May be an image of standing, nature, sky, mountain and tree
May be an image of animal and outdoors
May be an image of outdoors
May be an image of fire and outdoors

फोटोहरुः चिरञ्जीवी दाहाल, प्रदेशखबर डटकम

May be an image of 2 people, including Chiranjibi Dahal, people standing and outdoors